मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिललाई हराउन सक्छौँ भने अरु कसैसँग डराउनुपदैन : फ्रान्सलाई चाड्लीको चेतावनी

सोमबार, २५ असार २०७५, ११ : २८
सोमबार, २५ असार २०७५

एजेन्सी । मंगलबार विश्वकपको सेमिफाइनलमा भिड्दा बेल्जियमले फ्रान्ससँग डराउनुपर्ने कुनै कारण नरहेको मिडफिल्डर नासेल चाड्लीले बताएका छन् ।

रेड डेभिल्सले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो ।

वेस्ट ब्रोमका मिडफिल्डरका अनुसार ब्राजिलको जीत पछि टोलीको आत्मविश्वास झन् बलियो भएको छ ।

‘यदी तपाईंले ब्राजिललाई हराउन सक्नुहुन्छ भने तपाईंले अरुसँग डराउनु पर्ने कुनै कारण नै छैन,’ चाड्लीले भने ।

‘हामी सबैको सम्मान गर्छौं तर यदी हामी मनमा डर लिएर खेल्यौँ भने फ्रान्सलाई हराउन सक्दैनौँ,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हाम्रो लागि ब्राजिललाई पराजित गर्नु ठूलो कदम थियो । हामीले के गर्न सक्छौँ भनेर देखाउनु थियो । बेल्जियम १ करोड जनता भएको सानो देश हो । हामीले हासिल गरेको उपलब्धिबाट खुसी छौँ ।’

यसअघि बेल्जियम सन् १९८६ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । भोलि हुने सेमिफाइनलमा बेल्जियमसँग पहिलो पटक विश्वकपको फाइनल पुग्ने अवसर हुनेछ ।

यता थोमस भर्मालिनले यो ‘गोल्डन जेनेरेसन’ लाई सेमिफाइनलमा आफ्नो यात्रा अन्तय गर्ने छुट नभएको बताए ।

‘हाम्रो लक्ष्य भनेको सेमिफाइनलभन्दा पर पुग्ने हो,’ भर्मालिनले भने, ‘हामी हालसम्म विश्वकपमा हाम्रो प्रदर्शनबाट गर्वान्वित छौँ । सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धि हो तर हामी यहीँ हार मान्ने छैनौँ । अझ परसम्म पुग्ने छौँ ।’

‘हामीले फाइनलसम्म पुग्ने र उपाधि जित्ने विश्वास राख्नुपर्छ,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप