औद्योगिक ग्रामको काम अघि बढेन
सारांश
- तुलसीपुर उपमहानगरपालिकामा औद्योगिक ग्राम निर्माणको काम अघि बढ्न सकेको छैन, हाल पर्खाल लगाउने काम मात्रै भएको छ।
- उपमहानगरपालिका प्रमुखका अनुसार, जग्गा संरक्षणका लागि पर्खाल लगाइएको छ र टहरा निर्माणपछि व्यवसायीलाई सुविधा दिइनेछ।
- औद्योगिक ग्रामका लागि २५ लाख बजेट विनियोजन गरिएको छ, जहाँ साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्ने योजना छ।
दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने भनिएको औद्योगिक ग्रामको काम अघि बढ्न सकेको छैन । हाल पर्खाल लगाउने काम मात्रै भएको छ ।
उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले हाल जग्गा संरक्षणका लागि पर्खाल लगाउने काम भएको र केही समयमा टहरा निर्माण गरिने बताए । टहरा निर्माणपछि खानेपानी, विद्युत्लगायत सुविधा उपलब्ध गराएपछि व्यवसायीहरू बस्न सहज हुने उनको भनाइ छ । औद्योगिक ग्रामका लागि चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन भएको छ । तुलसीपुर उपमहानगरपालिकाले अघिल्लो कार्यकालमै सोही ठाउँमा औद्योगिक ग्राम निर्माणका लागि कार्यपालिकाबाट निर्णय गरेको थियो ।
साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सोही स्थानमा औद्योगिक ग्राम बनाउने गरी छनोट गरिएको छ । त्यहाँको करिब २५ बिघा जग्गामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण