कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मङ्सिर २ गतेको बार, तिथि, नक्षत्र, योग र चन्द्रमाको स्थितिको जानकारी छ।
- काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय र विभिन्न बेलाहरूको विवरण दिइएको छ, जसमा शुभ र अशुभ समय उल्लेख छन्।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिको लागि राशिफल दिइएको छ, जसमा उनीहरूको दिन कस्तो रहनेछ भन्ने संक्षिप्त जानकारी छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मङ्सिर २ गते । मंगलबार । इस्वी सन् २०२५ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–त्रयोदशी, १ घडी ३९ पला, बिहान ७ बजेर ७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–स्वाती, अहोरात्र । योग–आयुष्मान, ८ घडी ३५ पला, बिहान ९ बजेर ५४ मिनेट उप्रान्त सौभाग्य । करण–वणिज, बिहान ७ बजेर ७ मिनेट उप्रान्त भद्रा, बेलुकी ८ बजेर २ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ४२ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर २८ मिनेटसम्म रो बेला ।
- बिहान ६ बजेर २९ मिनेटदेखि बिहान ७ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ७ बजेर ४९ मिनेटदेखि बिहान ९ बजेर ८ मिनेटसम्म चर बेला ।
- बिहान ९ बजेर ९ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर २९ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
- बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म काल बेला ।
- दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म शुभ बेला ।
- दिउसो २ बजेर २९ मिनेटदेखि बेलुकी ३ बजेर ४९ मिनेटसम्म रोग बेला ।
- दिउसो ३ बजेर ५० मिनेटदेखि बेलुकी ६ बजेर ४९ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो २ बजेर २८ मिनेटदेखि दिउसो ३ बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५० मिनेटदेखि बिहान ५ बजेर ३८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक नियमको अनुसरण गर्दै अगाडी बढ्नुहोला । छोटो दुरीको यात्रा हुने योग रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ ।
- बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने हुँदा अगाडी बढ्न सहज हुनेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ । धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । खेल क्षेत्रमा चासो तथा सहभागिता रहनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । तर पनि आफन्त तथा साथीभाइसँगको भेटले मन प्रफुल्ल रहनेछ । खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ । पराक्रमी क्रियाकलापमा सहभागी हुने समय रहेको छ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढ्न तथा खेल क्षेत्रमा सहभागी भई मनोरञ्जन लिन सकिनेछ । यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ । मौसम लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । खाद्यान्न, खेलकुद जन्य सामाग्री तथा स्वास्थ्य सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भेटघाट तथा खानपानमा समय व्यातित हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रबिधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । आफन्तका साथ रमाइलो गर्दै समय व्यातित हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार्य बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । तर पनि खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारबाट प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उपलब्धि हात पार्नको लागी कडा मेहनतको खाँचो पर्नेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ । तर पनि व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण