सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ : गगन थापा

मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : २५
मङ्गलबार, ०२ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्यको पक्षमा उभिँदा पार्टी नफुट्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भनेका छन्, ‘सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ ।’

उनले कांग्रेसभित्र अहिलेको बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे भएको बताए।उनले नागरिकले पुरानो शैलीले काम नचल्ने स्पष्ट सन्देश दिएको पनि उल्लेख गरेका छन् । 

पार्टीमा सुधार गरे विश्वास फर्किने उनको भनाइ छ । ‘नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ,’ थापाले भनेका छन्।

उनले नेता कार्यकर्तालाई धैर्य राख्न अनुरोध गर्दै  नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ निर्वाचनमा जाने बताएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप