शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

बुधबार, ०३ मङ्सिर २०८२, १२ : ३०
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • कञ्चनपुर, कैलाली, मोरङ लगायतका विभिन्न जिल्लाहरूबाट लागूऔषधसहित १९ जना पक्राउ परेका छन्।
  • कञ्चनपुर र कैलालीबाट हेरोइन र ब्राउनसुगरसहित व्यक्तिहरू पक्राउ परे, जसमा केही मोटरसाइकलमा सवार थिए।
  • विराटनगर र भक्तपुरबाट पनि लागूऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्, र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

काठमाडौँ ।  लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन् । कञ्चनपुर, कैलाली, मोरङ लगायतका जिल्लाबाट  लागूऔषधसहित १९ जना पक्राउ परेका हुन् । 

कञ्चनपुरको बेलौरी नगरपालिका–१० बाट खैरो हेरोइनजस्तो देखिने ४ ग्राम ५ सय ४० मिलिग्राम पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-८ श्रीपुर बस्ने २६ वर्षीय रामजनम चौधरी र २८ वर्षीय उमेश चौधरी रहेका छन् ।

प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले सु.प.प्र.०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकै भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट ब्राउनसुगरजस्तो देखिने २ सय मिलिग्राम पदार्थसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका–९ लालपुर बस्ने २१ वर्षीय अरबिन्द रोकाया, सोही नगरपालिका–३ बस्ने २० वर्षीय सुमित साउद र सोही नगरपालिका–१० बस्ने २१ वर्षीय साजन कठायत रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित मंगलबार साँझ पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरकै बेलौरी नगरपालिका–६ खैरानाबाट खैरो हेरोइनजस्तो देखिने ४ ग्राम ५ सय २० मिलिग्राम पदार्थसहित सोही ठाउँ बस्ने ३१ वर्षीया सावित्री चौधरीलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता कैलालीको घोडाघोडी नगरपालिका–६ झलझलिया जंगलबाट खैरो हेरोइनजस्तो देखिने ३ ग्राम १ सय ४० मिलिग्राम पदार्थ  र नगद ६ हजार ८ सय ८० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बछुरिया बस्ने ३० वर्षीय भीमबहादुर दमाई र २६ वर्षीय तपेन्द्रबहादुर थापा रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित मङ्गलवार साँझ पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा भीम बहादुरको घर तलासी गर्दा थप ५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका–५ गेटाबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम १ सय २० मिलिग्राम  पदार्थ र नगद १४ हजार ७ सय रुपैयाँ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल चौधरीलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने १ सय ५२ ग्राम पदार्थ सहित २ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया फाबिसगंज कोहलिया बस्ने २८ वर्षीय मो.मोजाहित र २० वर्षीय राजकुमार दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१३ पथलैया मार्गबाट  खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ४० ग्राम १ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका–८ बस्ने २८ वर्षीय अजयकुमार मुखिया समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.१४ प ४५८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित मङ्गलवार साँझ पक्राउ गरेको हो ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट  नोर्फिन २१ एम्पुल, डाईजेपाम २१ एम्पुल र फेनारगन २१ एम्पुल सहित सूर्यविनायक बस्ने दोलखा गौरीशङ्कर नगरपालिका–२ घर भएका ३० वर्षीय दिनेश कार्कीलाई 

प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित मङ्गलवार राति पक्राउ गरेको हो ।

उता बर्दियाको बढैयाताल गाउँपालिका–३ सिमराबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका–५ बनकटुवा बस्ने २३ वर्षीय इन्सेक थारुलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित  मङ्गलवार राति पक्राउ गरेको हो ।

त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेची पुलबाट ब्राउन सुगरजस्तो देखिने ३ ग्राम ८ सय ३० मिलिग्राम पदार्थसहित २ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका–२ बस्ने राम मर्डी र सोही नगरपालिका–३ बस्ने धन बहादुर बन रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–१५ प ५३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाकै बिर्तामोड नगरपालिका–५ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम ३ सय ८० मिलिग्राम पदार्थ  र नगद १४ हजार १ सय ९० रुपैयाँ सहित सोही ठाउँ बस्ने २० वर्षीय आदेश दर्जीलाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तै मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१८ ठुलोदमार स्याउली बजारबाट खैरो हेरोइनजस्तो देखिने ५ ग्राम पदार्थसहित बकैया गाउँपालिका–४ छतिवन बस्ने ३९ वर्षीय सोमबहादुर थोकरलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३–००५ प ३१०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप