सातौँ लुम्बिनी महोत्सव सुरु
बुटवल। रुपन्देहीको भैरहवामा बुधबारदेखि सातौँ लुम्बिनी महोत्सव–२०८२ ९उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन सुरु भएको छ ।
चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मङ्सिर २१ गतेसम्म सञ्चालन हुने छ ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने बताए ।
महोत्सवको एक समारोहकाबिच लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट नै आर्थिक समृद्धितर्फ लैजान सकिने भएको सबैले ध्यान दिनुपर्ने बताए ।
उनले ठाउँ–ठाउँमा चेकिङका नाममा पर्यटकलाई दुःख दिन नहुने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँलेले आर्थिक मन्दीको बेला वर्तमान सरकार सचेत भएर जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
सातौँ लुम्बिनी महोत्सवमा करिब १ करोड खर्च हुने र करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएका छन् ।करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण