सोसाइटी अफ सर्जन नेपालको अन्तरराष्ट्रिय सम्मेलन काठमाडौँँमा
काठमाडौँ । सोसाइटी अफ सर्जन नेपाल (एसएसएन)को अन्तरराष्ट्रिय सम्मेलन २०२५ सुरु भएको छ । यो नेपाली सर्जनहरूको व्यावसायिक र शैक्षिक विकासका लागि गठित एक व्यावसायिक संस्था हो । सोसाइटी अफ सर्जन नेपालले हरेक दुई वर्षमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्दछ ।
सम्मेलनमा नेपालभरका प्रख्यात सर्जनहरू र विश्वभरका अन्तरराष्ट्रिय सर्जनसँगै राष्ट्रिय प्रतिनिधि, अन्तरराष्ट्रिय पाहुना, सर्जिकल रेजिडेन्ट, मेडिकल विद्यार्थी, नर्स र स्वास्थ्यकर्मी गरी छ सयभन्दा बढी सहभागिता छ ।
यो अन्तरराष्ट्रिय सम्मेलनमा बङ्गलादेश, भुटान, इजिप्ट, जर्मनी, भारत, माल्दिभ्स, पाकिस्तान, रुस, सिङ्गापुर, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र अन्य धेरै देशका सर्जनहरूलगायत अन्तरराष्ट्रिय प्रतिनिधिहरू सहभागी छन् ।
शल्यक्रियाका विभिन्न विशेषताहरूमा एक सय ७७ वैज्ञानिक अनुसन्धान पत्र, २७ वैज्ञानिक पोस्टर, ६८ अतिथि व्याख्यान, १५ सर्जिकल भिडियो प्रस्तुति, दुई बहस, चार प्यानल छलफल र एक कल्याण वार्तासत्र समावेश गरी दुई सयभन्दा बढी वैज्ञानिक गतिविधिहरू छन् ।
वैज्ञानिक कार्यक्रममा अतिथि व्याख्यान, वैज्ञानिक प्रस्तुति, भाषण, प्यानल छलफल, मुख्य सम्बोधन र पोस्टर प्रस्तुति साथै मास्टर सर्जरी भिडियो प्रस्तुति समावेश छ । चौध अन्तरराष्ट्रिय सर्जनहरूलाई ‘सोसाइटी अफ सर्जन’को फेलोसिपबाट सम्मानित गरिएको छ ।
त्यसैगरी, तीन वरिष्ठ नेपाली सर्जनहरूलाई वरिष्ठ सर्जन पुरस्कारले सम्मान गरिएको छ । सम्मेलनमा एसएसएनले यी देशहरूमा सर्जनहरूको द्विपक्षीय व्यावसायिक र वैज्ञानिक विकासका लागि भारत र श्रीलङ्काका सर्जिकल सोसाइटीहरूसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
यो तीनदिने सम्मेलनमा, पहिलो दिन वीर अस्पताल, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको शल्यक्रिया विभागमा पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिएको थियो । पूर्वसम्मेलन कार्यशालामा आधारभूत ल्याप्रोस्कोपिक सर्जरी, ल्याप्रोस्कोपिक हर्निया सर्जरी, चिकित्सामा कानुनी पक्ष र मेडिको–कानुनी मुद्दा समावेश थिए । सम्मेलन भोलिसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण