लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि
सारांश
- लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आज सुरु हुँदैछ, पहिलो बैठक दिउँसो १ बजे बस्नेछ।
- बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू र छैटौँ अधिवेशनबाट पारित विधेयकबारे जानकारी गराइनेछ।
- अधिवेशनमा विभिन्न विधेयकहरू प्रस्तुत हुनेछन्, जसमा जिल्ला सभा, स्थानीय तहका पदाधिकारी र अन्य महत्त्वपूर्ण विषयहरू समावेश छन्।
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु हुँदैछ। सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्नेछ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तयार पारिएको छ।
कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्रहरू पढेर सुनाउनेछन्। ती पत्रमा सातौँ अधिवेशन आह्वान सम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन्।
बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति–अनुपस्थितिको विवरण प्रस्तुत गर्नेछन्। त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले जानकारी दिए।
हिउँदे अधिवेशनका प्रस्तावित छलफलका लागि जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन्।
यस्तै, प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरू प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरिएको सचिवालयले जनाएको छ। स्वीकृत विधेयकहरूमा लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक समावेश छन्।
लुम्बिनी प्रदेशको छैटौँ अर्थात् वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण