शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतको ५३ औँ प्रधानन्यायाधीशमा सूर्य कान्तले लिए शपथ

सोमबार, ०८ मङ्सिर २०८२, १४ : ३१
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • न्यायाधीश सूर्य कान्तले भारतको ५३ औँ प्रधानन्यायाधीशको रूपमा शपथ ग्रहण गरे।
  • राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई पद तथा गोपनीयताको शपथ गराइन्, उनको कार्यकाल १४ महिनाको हुनेछ।
  • शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री, नेपालका प्रधानन्यायाधीश र अन्य देशका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

काठमाडौँ । भारतको ५३ औँ प्रधानन्यायाधीशको रूपमा न्यायाधीश सूर्य कान्तले शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानन्यायाधीश सूर्य कान्तलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

उनको कार्यकाल १४ महिनासम्म रहनेछ ।  शपथ ग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कानुनमन्त्री अनिलकुमार सिन्हा छन् । साथै भुटान, केन्या, मलेसिया, ब्राजिल, मौरिटीरस, श्रीलङ्काका प्रधानन्यायाधीशको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप