सेयर बजारमा परिसूचक ५०.४४ अंकले बढेर २६५० विन्दुमाथि
सोमबार, ०८ मङ्सिर २०८२, १५ : ५२
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार सोमबार ५०.४४ अंकले बढेर बन्द भएको छ । उक्त अंकको वृद्धि हुँदा २६५०.६६ विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम पनि बढेको छ । ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार (हिजो) ६ अर्ब २८ करोड ७३ लाख रुपैयाँको सेयर खरिद/बिक्री भएको थियो ।
२१५ कम्पनीको सेयर मूल्य बढेको छ । ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज झापा इनर्जीको सेयर सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ ।
यो कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको हो । दोस्रोमा नेपाल रिइन्सुरेन्स कम्पनी र तेस्रोमा हिमालयन रिइन्सुरेन्सको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण