आमाछोदिङस्थित चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो
सारांश
- चिलिमे तातोपानीमा नुहाउने भक्तजनको संख्या बढ्न थालेको छ।
- स्थानीयका अनुसार तातोपानीमा नुहाउँदा शरीरका रोग निको हुन्छ।
- विभिन्न ठाउँबाट मानिसहरू यहाँ नुहाउन आउने गरेका छन्।
रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।
विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो । कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो ।
तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिएइन् । उनी भन्छिन्, तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ ।
करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो । नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङले तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबी गरिन् ।
विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताए । अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण