राजश्व चुहावट नियन्त्रण हुन नसकेको मुख्यमन्त्री आचार्यको गुनासो
सारांश
- मुख्यमन्त्री आचार्यले नेपाल-भारत सीमा क्षेत्रमा भन्सार राजश्व चुहावटबारे सुरक्षा अधिकारीहरुको ध्यानाकर्षण गराए।
- उनले ट्राफिक चेकजाँचलाई व्यवस्थित गर्न र पर्यटकलाई अनावश्यक दुःख नदिन आग्रह गरे, साथै आन्दोलनको नाममा सम्पत्ति जलाउनेलाई कारबाहीको माग गरे।
- मुख्यमन्त्री आचार्यले सुशासन र भ्रष्टाचार न्यूनीकरणको अभियानमा प्रदेश सरकार रहेको बताए, र सरकारले गरेका सङ्कल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल–भारत सीमाक्षेत्रका भन्सारहरूमा राजश्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराएका छन्।
लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटनलाई भैरहवामा सम्बोधन गर्दै खुला सिमानाबाट राजश्व चुहावटका गतिविधि नरोकिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
उनले देशको राजश्व सङ्कलनमै गम्भीर बन्नु पर्ने बताए । ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै ट्राफिक चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे । पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उनले बताए। आन्दोलनका नाममा व्यक्तिगत सम्पत्ति जलाउनेहरूलाई कानुनी दायरामा ल्याउन सङ्घीय सरकार गम्भीर हुनुपर्ने बताए। मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानमै प्रदेश सरकार रहेकाले स्पष्ट पारेका छन्।
उनले सरकारको नेतृत्व सम्हाल्दा गरेका सङ्कल्प र अठोट पूरा गर्नेगरी काम अघि बढेको उल्लेख गर्दे सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणको रणनीति बनाएर लुम्बिनी प्रदेशमा काम गरिरहेका बताए ।
लुम्बिनी प्रदेशमा ख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेको उल्लेख्य गर्दै पूर्व विशिष्टका सेवा सुविधा खारेज गरेर अघि बढेको यही सरकार रहेको स्मरण गराए ।
नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण