शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
एनपीएलमा आज

विराटनगर किङ्स र चितवन राईनोजबिच खेल हुँदै

बुधबार, १० मङ्सिर २०८२, ०५ : ३०
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • आज नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्स र चितवन राइनोज त्रिवि क्रिकेट मैदानमा भिड्नेछन्।
  • विराटनगर लगातार तीन खेल जितेर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ, र जितलाई निरन्तरता दिन चाहन्छ।
  • चितवन राइनोजले दोस्रो जितको खोजीमा रहेको छ, अंक तालिकामा माथि उक्लिन आजको खेल महत्वपूर्ण छ।

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज विराटनगर किङ्स र चितवन राईनोज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्ने भएका छन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेको विराटनगर लगातार तीन खेलमा विजय हासिल गर्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। समान अंक भए पनि नेट रनरेटका कारण सुदूरपश्चिम शीर्ष स्थानमा छ। आजको खेलमार्फत विराटनगरले आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्य राखेको छ।

यस्तै, चितवन राईनोजका लागि आजको खेल महत्त्वपूर्ण छ। दुईमध्ये एक खेलमा मात्र जित हात पारेको चितवन दोस्रो जीतको खोजीमा हुनेछ। तालिकाको पाँचौँ स्थानमा रहेको राईनोजले आज सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रने छ ।

दुवै टोलीका लागि अंकतालिकामा उक्लिने अवसर आजको खेलसँग जोडिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप