शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

भारतबाट ५ हजार ८ सय यहुदीलाई इजरायल लैजाँदै नेतन्याहू सरकार

बुधबार, १० मङ्सिर २०८२, ११ : ५९
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • भारत र मणिपुरमा बसोबास गर्ने बेनी मेनशे यहूदी समुदायका ५ हजार ८०० सदस्यलाई इजरायल लैजाने निर्णय भएको छ।
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मन्त्रिपरिषद् बैठकमा यो निर्णय लिएका हुन्, र उनीहरूलाई उत्तरी क्षेत्रमा बसोबास गराइनेछ।
  • यो परियोजना २०२६ सम्ममा सम्पन्न हुनेछ, जसमा यहूदी एजेन्सीले व्यवस्थापन गर्नेछ र २ करोड ७० लाख डलर खर्च हुनेछ।

नयाँ दिल्ली । भारतका उत्तरपूर्वी राज्य मिजोरम र मणिपुरमा बसोबास गर्ने बेनी मेनशे यहूदी समुदायका सबै ५ हजार ८०० सदस्यहरूलाई इजरायल लगिने भएको छ । आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरेका हुन् ।

यी यहुदीलाई देशको उत्तरी क्षेत्रमा बसाइने र यो कदमले इजरायलको उत्तरी क्षेत्रलाई बलियो बनाउने उनको भनाइ छ । 

यहूदीहरूको अन्तर्राष्ट्रिय संस्था, इजरायलको लागि यहूदी एजेन्सीले पनि यसलाई ऐतिहासिक कदम भनेको छ । यस निर्णय अन्तर्गत, बेनी मेनशे यहूदीहरूलाई २०३० सम्ममा फिर्ता लगिनेछ । यीमध्ये  १ हजार २०० २०२६ मा फर्कनेछन् ।

यसको पूरै प्रक्रिया पहिलो पटक यहूदी एजेन्सीले सम्हाल्नेछ । यो परियोजनाका लागि २ करोड ७० लाख डलर खर्च हुने बताइएको छ । आगामी दिन रब्बीहरूको सबैभन्दा ठुलो टोलीलाई भारत पठाइनेछ । यिनीहरूले पहिलो श्रेणीका आफन्त इजरायलमै भएका करिब ३ हजार मानिसको अन्तर्वार्ता लिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप