पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक छ : मुख्यमन्त्री शाह
सारांश
- मुख्यमन्त्री शाहले पहाडी र तराई क्षेत्रको विकासमा सन्तुलन कायम गर्नुपर्ने बताए।
- उनले विकट पहाडी क्षेत्रमा विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
- लम्कीचुहामा बन्ने सिटी हललगायतका परियोजनाबारे जानकारी दिइयो।
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताएका छन्। आज लम्कीचुहा–४ मा निर्माण हुन लागिरहेको सिटी हल, सङ्ग्रहालय तथा घेरापर्खाल निर्माण कार्यको शिलान्यास कार्यक्रममा उनले प्रदेशमा सन्तुलित बजेट निर्माणप्रति आफू चिन्तित रहेको बताए ।
सातै जिल्लाको भ्रमण सकेर फर्केपछि, मुख्यमन्त्री शाहले बाजुरा–बझाङजस्ता विकट पहाडी क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । तराईका क्षेत्रमा विकासले फड्को मारेकाले अब विकास पहाड र दुर्गम बस्ती केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत ठूला परियोजना पनि शीघ्र शिलान्यास तथा उद्घाटनको चरणमा रहेको जानकारी दिए । प्रदेशको सर्वाङ्गीण विकासका लागि उनले निरन्तर सक्रिय भूमिका खेल्ने बताए ।
जननिर्वाचित प्रतिनिधिबीच समन्वय र साझा उद्देश्य आवश्यक भएको बताउँदै उनले सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह र सरोकारवाला सबै सचेत र जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए ।
प्रदेश सरकारको बजेटबाट बन्न लागेका लम्कीचुहा सिटी हल, सङ्ग्रहालय तथा पर्खाल निर्माणका लागि काम गोरखनाथ–पूर्वपश्चिम–निधि जेभी, काठमाडौँसँग रू १३ करोड १९ लाख तीन हजार २१४ रूपैयाँ सात पैसामा ठेक्का सम्झौता भएको छ । यस परियोजनाको कूल लागत रू २२ करोड ८९ लाख १७ हजार सात रूपैयाँ ५६ पैसा रहने जनाइएको छ ।
बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने सिटी हलबाट सार्वजनिक सभा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्य गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ । निर्माण कार्य २०८४ साल असोज ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण