प्रोत्साहन कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
सारांश
- पौवादुङमा गाउँपालिकाले महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
- कार्यक्रमले महिलाको सीप र क्षमता विकास गर्दै आयआर्जनमा सहयोग पुर्याएको छ।
- स्थानीय महिलाहरू कार्यक्रमबाट लाभान्वित भई आत्मनिर्भर बन्दै गएका छन्।
भोजपुर । पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको हो ।
गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, सागसब्जी तथा फलफूलखेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालनलगायत कार्यक्रमसञ्चालन भएका छन् ।
“हामीले महिला उद्यमशीलतालाई मुख्य उद्देश्य बनाएका छौँ”, उनले भनिन्, “दिदी–बहिनीको इच्छा, सीप र क्षमताअनुसार कार्यक्रम अगाडि बढाएका छौँ । अहिले धेरै महिलाहरू आयआर्जनमा सक्रिय छन् । भविष्यमा अझ विविध कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”
गाउँपालिकाले महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेपछि उद्यममा जोडिन सहज भएको स्थानीय देउकुमारी तामाङले बताइन् । गाईपालनबाट उनले मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्न थालेकी छिन् । “गाउँपालिकाले महिला विकास बोर्डमार्फत सञ्चालन गरेको कार्यक्रमले हामी महिलालाई प्रत्यक्ष लाभ पुगेको छ”, उनले भनिन्।
गाउँपालिका उपाध्यक्षको ‘नेतृत्वमा महिला विकास बोर्ड’ नै गठन गरेर महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाबाट सञ्चालन हुने हरेक कार्यक्रममा महिलालाई अनिवार्य सहभागी गराउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण