शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय कार्य सम्पादन समिति बैठक

दल, अभियान र समूहहरूसँग एकताका लागि राप्रपाले बनायो वार्ता समिति

बिहीबार, ११ मङ्सिर २०८२, १९ : १७
बिहीबार, ११ मङ्सिर २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वार्ता समिति गठन गरेको छ । 

बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वार्ता समिति बनाउने निर्णय गरेको हो ।

बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुव बहादुर प्रधान रहेको वार्ता समिति गठन गरिएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप