शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

राप्रपा मधेस प्रदेश सांसद विच्छा साधारण सदस्यबाट निलम्बन

बिहीबार, ११ मङ्सिर २०८२, १९ : ५०
बिहीबार, ११ मङ्सिर २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मधेस प्रदेश सभा सदस्य कञ्चन विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । 

बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले पार्टीकाे निर्णय विपरीत मन्त्री बनेपछि यस्तो निर्णय गरिएको हो । 

केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

उनका अनुसार पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न बिच्छालाई मधेस प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरिएको छ। पार्टीको निर्णयविपरीत उनी मधेस प्रदेश सरकारमा सहभागी भएपछि पार्टीले कारबाही गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप