पाँच वर्षपछि ब्युँतियो टोल ट्याक्स, देशका २२ सडकबाट उठाउने तयारी
सारांश
- सडक बोर्डले ५ वर्षपछि फेरि टोल ट्याक्स उठाउन सुरु गरेको छ।
- भैरहवा-भुमही सडक खण्डमा मंसिर १ गतेदेखि टोल ट्याक्स उठाइँदै छ, र अन्य सडक खण्डमा पनि तयारी हुँदैछ।
- टोल ट्याक्सबाट उठेको रकम सडक मर्मतमा खर्च गरिनेछ, र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ।
काठमाडौँ । सडक बोर्डले पाँच वर्षपछि पुनः सडक उपभोग दस्तुर (टोल ट्याक्स) उठाउन थालेको छ ।
बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार देशका प्रमुख राजमार्गहरूमा सडकको अवस्था सुधार भई पूर्णता पाएका स्थानहरूमा क्रमशः टोल गेट राख्ने र दस्तुर उठाउने प्रक्रिया अघि बढाइएको हो ।
हाल भैरहवा–भुमही सडक खण्डमा मंसिर १ गतेदेखि टोल ट्याक्स उठाउन सुरु गरिएको छ । उक्त खण्डमा ठुला सवारीलाई ३० रुपैयाँ र साना (चार पाङ्ग्रे) लाई २० रुपैयाँ (पुरानै दर) कायम गरिएको छ ।
अब लगत्तै नारायणगढ–हेटौंडा, मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र वीरगञ्ज–पथलैया सडक खण्डमा टोल गेट स्थापना गर्ने तयारी भइरहेको केसीले जानकारी दिए ।
कोभिड–१९ का कारण रोकिएको टोलट्याक्स देशभर २२ सडक र नागढुङ्गा सुरुङमार्गबाट टोल ट्याक्स उठाउने तयारी हुँदै छ । कोभिडअघि १५ वटा सडकबाट मात्र यस्तो कर उठाइने गरिन्थ्यो ।
२०८१ जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१ स्वीकृत गरिसकेको थियो, तर लागु भने भएको थिएन ।
२०८२ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको दस्तुर तोकेको थियो । उक्त सुरुङमा तीन किसिमका सवारीलाई काठमाडौँ आउँदा र काठमाडौँबाट बाहिरिँदासमेत फरक शुल्क तोकेको छ । यो सुरुङमार्ग सञ्चालनमा आएपछि सवारीधनीले सुरुङ प्रयोग गरेबापत शुल्क तिरेर मात्र उपभोग गर्न सकिन्छ ।
नेपालमा पहिलोपटक २०६७ असार १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सडक बोर्ड ऐन २०५८ को दफा ६ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी भैरहवा–भूमई र वीरगञ्ज–पथलैया सडकमा सडक उपभोग दस्तुर लगाउने निर्णय भएको थियो ।
र र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ, मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र बाहिरिँदा २०० रुपैयाँ र भारी उपकरणको काठमाडौँ आउँदा ६०० र बाहिरिँदा २५० दस्तुर तोकिएको छ । सुरुङमार्गबाट साइकल तथा मोटरसाइकल र पैदलयात्रीलाई निषेध छ ।
यस्तै देशभरका २२ सडकमा दस्तुर उठाउने तयारी सुरु भएको छ । २२ सडकमध्ये कुनमा कति दस्तुर लिने भन्नेबारे छलफल भइरहेको छ । पहिला उठाइरहेको टोल दर १० वर्ष पुरानो भएकाले यसलाई समयसापेक्ष बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक केसीले बताए । उनले भने, ‘ट्याक्स कुन ठाउँमा कति उठाउने, फाइनल हुँदै छ । अझ हाम्रो क्याबिनेटमा जान्छ, किनकि यो १० वर्ष पहिलाको रेट छ । १० वर्षबाट एस्केलेसन नै ३ प्रतिशतले बढेर आएकाले रिभाइज गर्नुपर्ने देखिन्छ ।’
पहिला कुन सडकमा कति थियो ट्याक्स ?
नेपालमा पहिलोपटक २०६७ असार १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सडक बोर्ड ऐन २०५८ को दफा ६ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी भैरहवा–भूमई र वीरगञ्ज–पथलैया सडकमा सडक उपभोग दस्तुर लगाउने निर्णय भएको थियो ।
अहिले टोल ट्याक्स संकलनका लागि भौतिक र अर्थ मन्त्रालयले प्रस्ताव गरेका नयाँ सडक खण्डमा मुग्लिन–पोखरा, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी, धुलिखेल–तातोपानी र काठमाडौं–तराई द्रुतमार्ग गरी ७ वटा छन् ।
यी दुवै सडक प्रयोग गरेवापत तीनपाङ्ग्रे (अटोरिक्सा,टेम्पो) सवारीले ५ रुपैयाँ, हलुका सवारी (कार, जीप, भ्यान र मिनिबस)ले १०/१० रुपैयाँ र हेभी सवारी (बस ट्रक, एक्सेल, मल्टी एक्सेल)ले १५/१५ रुपैयाँका दरले सडक उपभोग दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको थियो ।
२०७६ वैशाख २ गते राजपत्रमा प्रकाशित गर्दै १४ वटा सडकको उपभोग दस्तुर कायम गरियो । हेटौडा–नारायणघाट, नारायणघाट–बुटवल, नौबिसे–मुग्लिन, भैरहवा भूमई, काकडभिट्टा–दमक, दमक–इटहरी, विराटनगर–धरान, कोशी–चैहर्वा, चैहर्वा–पथलैया, हेटौँडा–विरगंज, वीरगञ्ज–पथलैया, धुलिखेल–खुर्कोट, खुर्कोट–सिन्धुली–बर्दिबास, पाँचखाल–मेलम्ची र नारायणगढ–मुग्लिन रहेका थिए ।
कुन–कुन सडकमा कति थियो दस्तुर ?


यसपछि २०७७ भदौ ८ गते नारायणगढ–मुग्लिनको सडक उपभोग दस्तुर तोकी १५ वटा पुर्याइएको थियो । जसमा भारी सवारीसाधन (बस, मिनिबस, ट्रक हेभी मेसिनरी इक्विपमेन्ट) ५५ रुपैयाँ, हलुका सवारी साधन (कार, जीप, पिकअपभ्यान र ट्याक्टर) २५ रुपैयाँ तोकिएको थियो ।
अहिले टोल ट्याक्स संकलनका लागि भौतिक र अर्थ मन्त्रालयले प्रस्ताव गरेका नयाँ सडक खण्डमा मुग्लिन–पोखरा, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी, धुलिखेल–तातोपानी र काठमाडौं–तराई द्रुतमार्ग गरी ७ वटा छन् ।
पहिला उठाउँदै आएको सडक उपभोग दस्तुर बढाएर प्रस्ताव गरिने केसी बताउँछन् । साथै २२ वटै सडकमा मोटरसाइकल तथा स्कुटरबाहेक सबैलाई सडक उपभोग दस्तुर लाग्ने उनको भनाइ छ ।
दस्तुर उठाउन स्वचालित गेट निर्माण गरिने
कार्यकारी निर्देशक केसीका अनुसार सडक उपभोग दस्तुर उठाउन देशका विभिन्न स्थानमा स्वचालित गेट (विद्युतीय टोल गेट) प्रयोग गर्ने तयारी भएको छ ।
सम्बन्धित सडकखण्ड भएर गुड्ने गाडीले तोकिएको शुल्क क्युआर सिस्टम वा टोल पेमेन्ट कार्ड, आरएफआईडी टोलिङ सिस्टम, मोबाइल बैंकिङलगायत विकल्पहरू प्रयोग गरेर दस्तुर भुक्तानी गर्ने व्यवस्था मिलाइने तयारी गरेको छ । केसी भन्छन्, ‘यस्तो दस्तुर संकलन गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर पनि फाइनल भइसकेको छ ।’
यसअघि सडकमा ढाट राखेर शुल्क उठाउने गरिन्थ्यो, जसले गर्दा विभिन्न ठेकेदारले चालकलाई दुःख दिने र विवाद हुने गरेको थियो । राजस्व संकलनमा ठेकेदारले हिसाब गडबड गर्ने समस्याले यो बन्द गर्नुपरेको केसी बताउँछन् ।
विद्युतीय भुक्तानीको व्यवस्थाले मान्छे सडकमा बसेर गाडी चालकसँग नगद संकलन गर्ने बाध्यता हट्ने दाबी छ । साथै निश्चित स्थानमा बोर्डले दस्तुर संकलन केन्द्र खोल्ने र शुल्क संकलनमा सहजीकरणका लागि बोर्डको कर्मचारी खटाउने तयारी गरेको छ ।
यसअघि सडकमा ढाट राखेर शुल्क उठाउने गरिन्थ्यो, जसले गर्दा विभिन्न ठेकेदारले चालकलाई दुःख दिने र विवाद हुने गरेको थियो । राजस्व संकलनमा ठेकेदारले हिसाब गडबड गर्ने समस्याले यो बन्द गर्नुपरेको केसी बताउँछन् ।
सडक विभागले सवारी चाप विवरणका आधारमा न्यूनतम मूल्य राखेर ठेक्का लगाउने गरिएको थियो । ठेकेदारमार्फत सडक उपभोग दस्तुर संकलन गरिन्थ्यो र सोही सडक हेर्ने सडक डिभिजन कार्यालय र स्थानीय तहमा पठाउने व्यवस्था थियो ।
तर बीपी राजमार्गको सिन्धुलीबाट विद्युतीय टोल गेट राखेर दस्तुर उठाउने प्रविधि विकास गरिसकेको थियो, बाढीले क्षति पुगेपछि भने यो सञ्चालनमा छैन ।
सडकबाट उठेको रकम सडकमै खर्च हुने
सडक दस्तुरमार्फत संकलित रकम सडकको नियमित, पटके, आवधिक तथा आकस्मिक मर्मत सम्भार गर्न प्रयोग गरिने जनाइएको छ ।
केसीका अनुसार जुन सडकबाट टोल उठाइन्छ, त्यसको दुई तिहाइ रकम सोही सडकको मर्मत सम्भारमा खर्च गरिनेछ । यसले गर्दा सडक सधैँ राम्रो अवस्थामा रहने र यात्रुले सास्ती भोग्नुनपर्ने उनको दाबी छ । ‘हामी बिग्रेको बाटोको टोल उठाउँदैनौँ, जब बाटो राम्रो हुन्छ र टोल उठ्न थाल्छ, त्यो बाटो कहिल्यै बिग्रिन दिँदैनौँ,’ कार्यकारी निर्देशक केसीले भने ।
साथै बोर्डले भैरहवा–भुमई खण्डमा टोल ट्याक्स उठाउन थालेपछि यातायात व्यवसायीहरूले टोल ट्याक्स तिर्नुपरेको कारण देखाउँदै यातायात भाडा बढाउन खोजेको गुनासो आएको छ । यस विषयप्रति बोर्डका कार्यकारी निर्देशक केसीले असन्तुष्टि व्यक्त गरे । राम्रो सडकका कारण इन्धन र मर्मत खर्चमा ठुलो बचत हुने भन्दै उनले भाडा बढाउनुको साटो सडक दस्तुरलाई सामान्य मान्नुपर्ने तर्क गरे ।
मुग्लिन–पोखरा सडकको उदाहरण दिँदै उनले भने, ‘एउटा गाडीलाई पोखरा पुग्न ९१ किमि पार गर्दा खराब बाटोमा २० लिटर तेल लाग्छ भने राम्रो बाटोमा १० लिटरले पुग्छ । यसबाट इन्धन बचत हुन्छ, गाडीको पार्टपुर्जा र टायरको आयु बढ्छ । पोखराको बाटो बनेपछि एक टिपमा गाडीको २५ सय देखि ३५ सय रुपैयाँसम्म बचत हुन्छ । यत्रो बचत हुने ठाउँमा १५० रुपैयाँ टोल ट्याक्स तिर्नुपर्दा भाडा बढाउँछु भन्नु तर्कसंगत छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण