नेकपाले विराटनगरमा एकता सभा गर्दै, १० हजार भन्दा बढी मानिस उतार्ने
विराटनगर । नवगठित नेपाली कम्युनिष्ट पार्टीले आउँदो १५ गते सोमबार विराटनगरमा एकता सन्देश सभा गर्ने भएको छ ।
सो पार्टीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताको सन्देश तल्लो तहसम्म पुर्याउने उद्देश्यले सभा गर्न लागिएको जनाएको हो ।
विराटनगरस्थित पुरानो गुद्रीको खुला मैदानमा सोमबार दिउँसो १२ बजेदेखि सुरु हुने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल र भीम रावल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाकी नेतृ सरिता थापा खड्काले बताइन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेल सितलकुमारले सभामा कोशी प्रदेशभरबाट १० हजारभन्दा बढी जनसहभागिता रहने अपेक्षा रहेको बताए । सभा भाषण गर्ने थलो मात्र नभएर विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै नयाँ सिराबाट अघि बढ्ने प्रस्थान विन्दु रहेको उनले बताए ।
सभालाई व्यवस्थित बनाउन आर्थिक, प्रचार–प्रसार, स्वयंसेवक, मञ्च व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य र जनपरिचालन लगायतका उपसमितिहरू गठन गरेर काम अन्तिम चरणमा पुर्याइएको सो पार्टीले जनाएको छ ।
२०८२ कात्तिक १९ गते १० राजनीतिक दलहरूबिच एकता भई गठन भएको यो पार्टीमा हाल १५ दल आबद्ध भइसकेका छन् ।
विशेषतः ‘जेनजी आन्दोलन’ पछि विकसित नयाँ परिस्थितिमा मुलुकलाई राजनीतिक निकास दिन र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउन यो सभा आयोजना गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण