लुम्बिनी प्रदेशस्तरीय बुद्धिचालमा एभरेस्ट स्कुल प्रथम
सारांश
- एभरेष्ट स्कुल लुम्बिनी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम भयो।
- साइरस बज्राचार्य व्यक्तिगत विधामा प्रथम भए भने अन्य प्रतिस्पर्धीहरूले पनि स्थान हासिल गरे।
- प्रतियोगिताको उद्देश्य विद्यार्थीको बौद्धिक क्षमता बढाउनु थियो, जसमा ३५ विद्यालय सहभागी भए।
लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेस्ट इङ्गलिस बोर्डिङ स्कुल बुटवल प्रथम भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार लुम्बिनीमा भएको विद्यालय तथा कलेजस्तरीय प्रतियोगितामा एभरेस्ट स्कुलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् । प्रतियोगितामा काशी नोबेल एकेडेमी भैरहवाका रिशान थापामगर द्वितीय र शान्ति नमूना मावि मणिग्रामका सुशान्त अर्याल तृतीय भएका छन् भने काशी नोबेल एकेडेमीका रोनिश केसी चौथो भएका छन् ।
प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायका डिन डा माणिकरत्न शाक्यले विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले समालोचनात्मक र विश्लेषणात्मक क्षमता वृद्धि हुने भएकाले विद्यार्थीका लागि बुद्धिचाल खेल आवश्यक भएको बताए ।
प्रतियोगिताका विजेतालाई लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक सञ्जय शाक्यले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न ३५ विद्यालयले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण