धनुषाबाट एमालेका ७३ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन
आइतबार, १४ मङ्सिर २०८२, २० : ०९
जनकपुरधाम । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि धनुषा जिल्लाबाट ७३ जना प्रतिनिधि चयन भएका छन् । धनुषाका चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरूको छनोट भएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ र २ बाट समान रूपमा १९–१९ जना, क्षेत्र नम्बर ३ बाट १४ जना र क्षेत्र नम्बर ४ बाट २१ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
प्रतिनिधि छनोटका क्रममा केही स्थानमा विवाद देखिए पनि छलफल र समझदारीबाट समाधान भएको एमाले धनुषाका सचिव दिपन ठाकुरले जानकारी दिए । उनका अनुसार सबै प्रतिनिधि निर्विरोध रूपमा चयन भएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण