एमाले महाधिवेशन प्रतिनिधि छनोटः बागमती प्रदेशका १२ जिल्लामा सकियो
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ।
- सिन्धुलीको क्षेत्र नम्बर १ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने क्षेत्र नम्बर २ मा टुंगो लाग्न बाँकी छ।
- काठमाडौं, मकवानपुर, ललितपुर र सिन्धुपाल्चोकमा निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि चयन गरिएको छ।
हेटौँडा । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ।
सिन्धुलीको एउटा निर्वाचन क्षेत्रमा भने प्रतिनिधि छनोट कार्य टुंगिन बाँकी रहेको एमाले बागमती प्रदेश समितिले जनाएको छ।
सिन्धुलीको क्षेत्र नम्बर १ बाट कर्णबहादुर घिसिङ, गोविन्दलाल माझी, महेन्द्रदेव श्रेष्ठ, रोमनराज गिरी, अप्सरा खड्का, प्रमिला वाइबा, रश्मिला देवकोटा र दिपक कुमार माझी सर्वसम्मत चयन भएका छन्। क्षेत्र नम्बर २ मा भने प्रतिनिधि टुंग्याउन बाँकी छ।
एमाले बागमती प्रदेश कार्यलयकी उपसचिव भक्तकुमारी लामाका अनुसार काठमाडौँ, मकवानपुर, ललितपुर र सिन्धुपाल्चोकमा निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि चयन गरिएको छ। धादिङ, रसुवा, नुवाकोट, काभ्रे, दोलखा, चितवन, भक्तपुर र रामेछापमा भने सर्वसम्मत रूपमा प्रतिनिधि टुंग्याइएको हो।
उनका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। जसमध्ये क्षेत्र नम्बर १ बाट गणेश दुलाल, रामप्रसाद अमगाईँ, सफल श्रेष्ठ र विष्णुदेवी भुषाल निर्वाचित भएका छन्।
यस्तै, क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, शान्ता थापा, शोभा थापा र नवराज दाहाल निर्वाचित हुँदा क्षेत्र नम्बर ३ बाट डा विदुर चालिसे, विश्वराज श्रेष्ठ, ईशा देवी, कल्पना राजचल र श्यामकृष्ण कर्माचार्य प्रतिनिधि बनेका छन्।
यता, क्षेत्र नम्बर ४ बाट श्रीकृष्ण श्रेष्ठ, उद्धव खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल चयन भएका छन् भने क्षेत्र नम्बर ५ बाट ध्रुवराज पाण्डे, रामकृष्ण श्रेष्ठ, रत्ना गुरुङ र अमर डंगोल चयन भएका छन् । यस्तै क्षेत्र नम्बर ६ बाट विश्वनाथ लामिछाने, श्रीकृष्ण अधिकारी, देवीमाया आचार्य र बिन्दा बुढाथोकी निर्वाचित भएका छन्। क्षेत्र नम्बर ७ बाट प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश हमाल निर्वाचित भएका छन्।
यस्तै निर्वाचन क्षेत्र नम्बर ८ बाट राजेश शाक्य, शंकर केसी, सुशीला अधिकारी र बब्लु सिवाकोटी र निर्वाचन क्षेत्र नम्बर ९ बाट केशव पोखरेल, उत्तम रावत, रञ्जु खड्का, सानुमैया खड्का र पूर्ण तण्डुकार चयन भएका छन् । यसैगरी क्षेत्र नम्बर १० बाट महेश लामा, प्रेमबहादुर शाही, लक्ष्मी काफ्ले, बसन्ती श्रेष्ठ र सन्तोष खड्का निर्वाचित भएका छन्।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकका दुवै क्षेत्रमा निर्वाचनमार्फत १५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उपसचिव लामाका अनुसार क्षेत्र नम्बर १ बाट कमल नेपाल, होमनारायण श्रेष्ठ, प्रेम लामा, प्रदीप पौडेल, सुशीला पाख्रिन, दावाफुटी शेर्पा, कमला कायस्थ र आङ दोर्जे शेर्पा तथा क्षेत्र नम्बर २ बाट हस्त पण्डित, काशी लामा, कृष्णगोपाल तामाङ, मित्रलाल चौलागाई, बालकुमारी सापकोटा, सुनिता पराजुली र हिरा चौलागाई निर्वाचित भएका छन्।
ललितपुरमा २ निर्वाचन क्षेत्रबाट १४ जनाले प्रतिनिधित्व पाएका छन्। मधुसूदन पौडेल, प्रेमभक्त महर्जन, चेतनाथ सञ्जेल, अष्टविर व्यञ्जनकार, रामहरी बजगाईँदेखि सुजित बस्नेत र प्रदिप रम्तेलसम्म निर्वाचित भएका हुन्।
यता, दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा निर्वाचनमार्फत अणराज जर्गा मगर, नवीन सिग्देल, फुर्वादोर्जे लामा, सुनील मोक्तान, आरती पाठक, बिना कुमारी थिङ, सीता विष्ट र बोलबहादुर कार्की प्रतिनिधिमा चयन भएका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा भने सर्वसम्मत टुंगो लागेको छ, जसमा हिदम लामा, एकालाल श्रेष्ठ, बलराम बल, भगवती पुडासैनी, रोहन लामा, सुमित्रा काफ्ले, विदुर हुमागाईँ, गीता काफ्ले र देवकृष्ण विक चयन भएका छन्।
भक्तपुरका दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व टुंग्याइएको छ। क्षेत्र नम्बर १ बाट रामबहादुर श्रेष्ठ, मनोज केसी, सपना तामाङ, दुर्गा थापा लामिछाने र विष्णु तामाङ तथा क्षेत्र नम्बर २ बाट राजेन्द्र राजथला, शिवराम राउत, सानुकाजी कायस्थसहित १४ जना प्रतिनिधि चुनिएका छन्।
काभ्रेबाट २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। जसमध्ये क्षेत्र नम्बर १ बाट अमित लामा, चन्द्र लामा लगायत ११ जना र क्षेत्र नम्बर २ बाट अशोक ब्याञ्जु, कञ्चन अधिकारी, कुमार थापा लगायत १२ जना सर्वसम्मत रूपमा चयन भएका हुन्।
यस्तै, दोलखा, नुवाकोट, धादिङ, रसुवा, चितवन र रामेछापमा पनि प्रतिनिधि चयनमा सर्वसम्मत सहमति बनेको छ। दोलखाबाट ९, नुवाकोटबाट १५, धादिङबाट १८, रसुवाबाट ८, चितवनबाट २५ र रामेछापबाट १२ जना प्रतिनिधि टुंग्याइएको छ। यी जिल्लामा खुल्ला, महिला, युवा तथा दलितरउत्पीडित समूहका कोटामा प्रतिनिधित्व सुनिश्चित गरिएको पार्टीले जनाएको छ।
बागमती प्रदेशका अधिकांश जिल्लामा सहमतिको वातावरण बनेको र केही जिल्लामा प्रतिस्पर्धात्मक मतदानसमेत भएको उपसचिव लामाले बताइन्। उनका अनुसार बागमतीमा प्रतिनिधि चयन हुन बाँकी रहेको सिन्धुलीको क्षेत्र नम्बर २ मा सोमबारसम्म सहमतिमै प्रतिनिधि चयन प्रक्रिया टुंगिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण