सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

सोमबार, १५ मङ्सिर २०८२, ०४ : ५७
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मंसिर १५ गतेको विवरण प्रस्तुत गरिएको छ।
  • मेषदेखि मीन राशिसम्मका लागि राशिफलको भविष्यवाणी गरिएको छ, जसमा विभिन्न व्यवसाय र क्षेत्रमा हुने फाइदाहरू उल्लेख छन्।
  • शुभ र अशुभ समयसहित, राहुकाल र ब्रहा मुहूर्तको जानकारी दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल मंसिर १५ गते । सोमबार । इस्वी सन् २०२५ डिसेम्बर १ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–एकादशी, १९  घडी २४ पला, दिउसो २ बजेर २४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–रेवती, ३३ घडी १८ पला, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त अश्विानी । योग–व्यातिपात, ४० घडी ० पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त वरियान । करण–भद्रा, दिउसो २ बजेर २४ मिनेट उप्रान्त बव, रातको १ बजेर  २४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १० पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ३८ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर ३९ मिनेटदेखि बिहान ७ बजेर ५७ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर ५८ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्म शुभ बेला ।
  • बिहान ९ बजेर १६ मिनेटदेखि बिहान १० बजेर ३४ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर ३५ मिनेटदेखि बिहान ११ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ११ बजेर ५३ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर १२ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म लाभ बेला ।
  • दिउसो २ बजेर ३० मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
  • दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर ५६ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर ० मिनेटदेखि बिहान ५ बजेर ४८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । तर पनि गैह्र न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ । लामो दुरीको अफिसियल वा सांगितिक यात्राको प्रबल योग रहेको छ । अध्ययन तथा खेल क्षेत्रमा सफलता प्राप्त हुने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पाएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय हुनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । लामो दुरीको यात्राको तय हुनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट केही मात्रामा आम्दानी गर्न सकिनेछ ।  
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । यात्रा, खेलकुद, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । आर्थिक तथा खेलकुद क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  समय राम्रो रहेकोले सवारी साधन र घरजग्गाको कारोबारबाट थोरै भए पनि लाभ लिन सकिनेछ । आमा वा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । सिजनेवल सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीमा वृद्धि गर्न सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम देखाएरै अरूको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडी बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । सांगितिक तथा व्यावसायिक यात्राको योग रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप