उपाधिका लागि नेपाली यू–१९ टोलीले पायो १४८ रनको लक्ष्य
सोमबार, १५ मङ्सिर २०८२, १४ : ३७
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ क्रिकेटमा नेपालले ‘च्याम्पियन’ बन्नका लागि १४८ रनको लक्ष्य पाएको छ ।
उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गरेको नेपालले निर्धारित ५० ओभरमा १४८ रनको लक्ष्य पाएको हो । यसअघि यूएईले पहिला ब्याटिङ गर्दै ४५.५ ओभरमा सबै विकेट गुमाएर जम्मा १४७ रन बनाएको थियो ।
यूएईका लागि अहमेद खुदादादले सर्वाधिक ७१ रन बनाएका थिए । यस्तै नूरउल्लाह अयोबीले २६ र अयान मिशबाहले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे ।
यूएईलाई १४७ रनमै समेट्ने क्रममा नेपाली बलरले निकै कसिलो बलिङ गरेका थिए । नेपालका लागि दयानन्द मण्डलले ६.५ ओभर बलिङ गर्दै १७ रन दिएर ६ विकेट हासिल गरे । यस्तै अप्राजित पौडेलले दुई तथा नितेश कुमार पटेल र अशोक धामीले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण