शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मौद्रिक नीति तटस्थ देखिएपछि सेयर बजारको 'करेक्सन' निरन्तर

सोमबार, १५ मङ्सिर २०८२, १५ : ३४
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौँ । सोमबारको सेयर बजारमा सामान्य ‘करेक्सन’ देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२८ अंकले घटेको हो । योसँगै बजार परिसूचक २६४५.२४ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबारको तुलनामा ०.१६ प्रतिशतको गिरावट हो।

बजारसँगै आज कारोबार रकम पनि गिरावट आएको छ । आइतबार ७ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ । आज ३२५ वटा स्क्रिप ६० हजार ६२० पटकको कारोबारमा १ करोड ८ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

आजको बजारमा २५८ कम्पनीको कारोबार भएकोमा १२४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

बजार घटे पनि चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल इन्फ्रास्ट्रक्चरको ग्रिन इनर्जी डिवेञ्चरमा सर्वाधिक ९.५१ प्रतिशतको गिरावट देखिएको छ ।

बजारमा आज १३ समूहका सूचकमध्ये ५ वटा समूहको सूचक बढ्दा ८ वटामा गिरावट देखिएको छ । घटबढ भएका सबै समूहका एक प्रतिशत भन्दा कमको उतारचढाव छ ।  

कारोबार रकमका आधारमा आज युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २७ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

नेपाल राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको छ । समीक्षामा पुँजी बजारको सम्बन्धमा कुनै पनि व्यवस्था गरिएको छैन । नीतिगत तटस्थताबीच अघिल्लो साता १०० अंक भन्दा बढीले बढेको बजारले करेक्सनको बाटोलाई निरन्तरता दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप