म्याग्दीमा केही दिनअघि बेपत्ता पर्यटक मृत फेला
सोमबार, १५ मङ्सिर २०८२, २२ : ४६
सारांश
- अन्नपूर्ण गाउँपालिका-५ खोप्राबाट दोबाटो जाने क्रममा बेपत्ता भएकी एक पर्यटकको शव फेला पर्यो।
- जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव बङ्करको भिरभन्दा तल निगालोको झाडीमा भेटियो।
- प्रहरीले शव परीक्षणका लागि काठमाडौँ पठाउने र अनुसन्धान सुरु गर्ने बताएको छ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी एक विदेशी पर्यटकको शव फेला परेको छ । यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बङ्करको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव भेटिएको हो । पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले आज शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार शव परीक्षणका लागि काठमाडौँ पठाइने र आवश्यक अनुसन्धान पनि सुरु गरिएको छ । ती पर्यटक म्याग्दीको खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता भएकी थिइन् । प्रहरीले भिरबाट खसेको हुनसक्ने अनुमान गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण