यो सरकारले चुनाव गराउँछ भन्नेमा एमाले आश्वस्त छैन : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले कहिल्यै पनि जेनजीको भावना र माग विपरीत नभएको दाबी गरेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले नेकपा एमाले जेनजीका विरुद्ध नरहेको र नरहने बताएका हुन् ।
‘एमाले जेनजीका जायज माग सम्बोधन गर्ने पार्टी हो एमाले’, पौडेलले भने– ‘जेनजी मुभमेन्ट अलमलको कुरा होइन । जेनजी मुभमेन्ट र नेकपा एमाले विपरीत दिशामा थियो भनेर जुन भाष्य बनाइएको छ त्यो भाष्य सत्य होइन । एमाले कहिल्यै पनि जेनजीको भावना र माग विपरीत थिएन र छैन ।’
उपाध्यक्ष पौडेलले राष्ट्रिय राजनीति जहाँ आइपुगेको छ त्यो चिन्ता र चासोको विषय भएको समेत बताए । संविधानलाई लिकमा फर्काउने सहज बाटो प्रतिनिधिसभाको पुनर्स्थापना नै उपयुक्त विकल्प भएको पौडेलको भनाइ छ ।
‘नेपाली जनताको ७ दशक लामो त्याग र बलिदानबाट निर्माण भएको संविधानमा कहीँ ल्याकिङ भए विकसित गर्न सकिन्छ तर यसको विकल्प खोज्ने कुरा मान्य हुँदैन’, पौडेलले भने– ‘यसको रक्षा र समयसँगै गतिशील विकासबाट मात्र देश र जनताको अपेक्षा पुरा गर्न सक्छौ । संविधानमाथि आक्रमण गर्ने र धावा बोल्ने काम भइरहेकाले यसको रक्षा गर्ने बाटोमा हिँड्नुपर्छ । त्यसो नगरे नेपाल र नेपालीको दुर्दिन हुन्छ ।’
नेता पौडेलले आर्थिक र सामाजिक रूपले नागरिकलाई सम्पन्न बनाउन एमाले लागिरहेको भन्दै आगामी निर्वाचनमा जाँदा पनि सोही किसिमका घोषणापत्र बनाउने बताए । उनले फागुन २१ को चुनावबारे सरकारले चुनाव चुनाव भने पनि अनुकूल वातावरण बनाउने कुरामा ध्यान नगएको आरोप लगाए ।
‘हामी दलीय व्यवस्थामा छौँ । यो व्यवस्थाका स्टेक होल्डर राजनीतिक पार्टीलाई किनारामा राखेर, स्थान हद गरेर चुनाव हुँदैन’, उनले भने– ‘दलहरू निर्बाध रूपमा जनतामाझ जान पाउनुपर्यो त्यो नभएसम्म चुनाव हुँदैन ।’
अपराधीहरू खुलेआम हिँडिरहेको, हतियारहरू अपराधीहरूसँग रहेको अवस्थामा यो सरकारले चुनाव गराउँछ भन्नेमा आश्वस्त हुन नसकेको बताए । उनले लोकतान्त्रिक पार्टी एमाले चुनाव विरोधी भने नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण