ई–रिक्सा र पिकअप ठोक्किँदा ७ जना घाइते
रौतहट । रौतहटको सदरमुकाम गौर–चपुर सडकखण्ड अन्तर्गत शुकदेव चौक र जयनगरको बिच भागमा आज दिउँसो भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।
चपुरबाट गौरतर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ह १०७४ नम्बरको इ–रिक्सा र विपरीत दिशाबाट आइरहेको विआर ०६ जिजी ५४०४ नम्बरको पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालका अनुसार दुर्घटनामा परी घाइतेहुनेमा यमुनामाई–४ ३४ वर्षीय इ–रिक्सा चालक जनसेद आलम छन् ।
यस्तै दुर्घटनामा सर्लाहीको बरहथवा–२ की रिन्कु बैठा, उनकी छोरी अनुश्का बैठा र अन्निया बैठा, छोरा आयुष बैठा, रोमन बैठा र माधवनरायण–सखुवबा निवासी बर्ष २० को राम विश्वास बैठा पनि घाइते भएका छन् ।
दुर्घटनापछि पिकअप चालक सन्तोष कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडातर्फ पठाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनाको पुँजीगत खर्च दयनीय, यो वर्ष पनि सरकारलाई असारे विकासकै भर
-
अमेरिका–इरान सम्झौताले युद्ध रोक्ने आशा बढायो, कार्यान्वयनबारे अझै अन्योल
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण