बीपी नेत्र प्रतिष्ठानमा १३ वर्षमा २१ लाख बिरामीको उपचार
भक्तपुर । दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा.गौरीशङ्कर लाल दासले नेतृत्व गरेको मध्यपुरथिमि नगरपालिका–१ मनोहरास्थित बिपी नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा २१ लाख बिरामीलाई सेवा प्रदान गरेको छ ।
विश्व अपाङ्ग दिवसको अवसर पारेर अस्पतालले आज यहाँ आयोजना गरेको १३ औँ वार्षिकोत्सव कार्यक्रममा अस्पताल स्थापनाको सो अवधिमा प्रदान गरेको सेवाका बारेमा जानकारी दिइएको हो ।
मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतिष्ठानको रुपमा सञ्चालित अस्पतालले आँखाको मात्रै नभई नाक, कान र घाँटीकोसमेत विशेषज्ञ चिकित्सकद्वारा उपचार हुँदै आएको जानकारी दिए ।
प्रतिष्ठानका लागि बागमती प्रदेश सरकारले रु ६० लाख यस प्रतिष्ठानका लागि पठाएको बताउँदै उक्त रकम नगरपालिकाले निकासा गर्ने उनले बताए ।
प्रतिष्ठानका अध्यक्ष एवं दिव्य शताब्दी पुरुष १०२ वर्षीय दासले अस्पतालले वार्षिक एक लाखदेखि एक लाख ५० हजार नागरिकलाई आँखा, नाक, कान, घाँटीको उपचार सेवा प्रदान गरेको बताए ।
उनले आर्थिक अवस्था कमजोर भएका देशभरका नेत्रहिन र कान नसुन्ने बालबालिकाको निःशुल्क उपचार गर्नुका साथै उनीहरूको शिक्षा, परामर्श सेवा प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा प्रतिष्ठानले केन्द्रमा कार्यरत कर्मचारी सचिन श्रेष्ठलगायतका उत्कृष्ट कर्मचारीलाई मेडल, प्रमाणपत्रसहित पुरस्कृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण