गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
इजरायल । इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ । सेनाका अनुसार बिहीबार एक जना थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि शवको अवशेष पहिचान गरिएको छ ।
हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।
हमासले इजरायलसँगको युद्धविराम सम्झौताको एक सर्तको रूपमा गाजामा राखेका जीवित बन्धकहरूलाई रिहा गरेता पनि मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया भने अझै चलिरहेको जनाइएको छ ।
पहिचान प्रक्रिया अन्तरगत आईडीएफका प्रतिनिधिहरूले विदेश मन्त्रालयसँग मिलेर थाई नागरिकको शव पहिचान गरी परिवारलाई अन्तिम सस्कारका लागि फिर्ता गरिएको सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ । कृषिमा काम गर्ने सुदथिसाक रिन्थालक सन् २०२३ अक्टोबर–७ कै दिनमा मारिएको र शव गाजा पट्टीमा लगेर राखिएको सेनाले जनाएको छ ।
वासिङ्टनले मध्यस्थता गरेको सम्झौताको पहिलो चरण अन्तर्गत प्यालेस्टिनी लडाकुहरूले अन्तिम २० जना जीवित बन्धकहरूलाई हस्तान्तरण गरिसकेको र २८ जना मृतक मध्ये अहिलेसम्म २७ जनाको अवशेष पहिचान गरि बुझाईसकेको जनाइएको छ ।
इजरायली सेनाका अनुसार सुम्पिने अन्तिम मृत बन्धक इजरायली नागरिक रहेको पहिचान भएको छ । यसको बदलामा, इजरायलले आफ्नो हिरासतमा रहेका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ भने सयौं मृत प्यालेस्टिनीहरूको शव फिर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण