बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

प्रतिनिधि छनोटको विषयलाई लिएर एमाले कार्यालयमा धकेलाधकेल

शुक्रबार, १९ मङ्सिर २०८२, १४ : १९
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयमा कार्यकर्ताबीच भनाभन र धकेलाधकेल भयो।
  • शुक्रबार आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका थिए।
  • एमालेमा प्रतिनिधि छनोटमा भेदभाव गरेको भन्दै ओखलढुङ्गा, धनकुटा, दाङ लगायतका ठाउँमा पनि विवाद भएको छ।

काठमाडौँ । प्रतिनिधि छनोटको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबिच भनाभन र धकेलाधकेल भएको छ ।

शुक्रबार एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका थिए ।

त्यसक्रममा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबिच र धकेलाधकेल भएको हो । 

एमालेमा प्रतिनिधि छनोटमा भेदभाव गरेको भन्दै ओखलढुङ्गा, धनकुटा, दाङ लगायतमा पनि विवाद भएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप