मधेस प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
जनकपुरधाम । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सरकारका अघिल्ला केही निर्णयहरू खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर र विपद् व्यवस्थापनसम्बन्धी कामलाई तीव्रता दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको निर्णय अनुसार मिति २०८२ साउन २३ देखि २०८२ भदौ १९ गतेसम्म बसेका मन्त्रिपरिषद् बैठकबाट भएका सम्पूर्ण निर्णयहरू बदर गरिएको छ ।
साथै, गत साउन २३ मा गठित मन्त्रीपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयबाट भएका नियुक्ति, जिम्मेवारी हस्तान्तरण तथा थप जिम्मेवारी तोक्ने सम्बन्धी निर्णयहरू पनि खारेज गरिएको जनाइएको छ ।
यस्तै, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव जयकुमार श्रीवास्तवलाई अर्को व्यवस्था नभएसम्म आन्तरिक प्रशासन, आर्थिक अधिकारसहित सचिवस्तरीय जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्ले नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकता दिने निर्णय पनि गरेको छ । आउँदो वर्षायामलाई ध्यानमा राख्दै डेंगु, झाडापखाला, हैजा जस्ता रोगको नियन्त्रण, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता, साथै आवश्यक थप बजेट व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिइएको छ ।
त्यसैगरी बाढी, डुबान, आगलागी लगायत प्राकृतिक विपद्का जोखिम उच्च रहेकाले पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका कार्यहरू प्रभावकारी रूपमा अघि बढाउन गृह, सञ्चार तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कार्यसमितिलगायत सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणीको अभियोगमा तीन जना पक्राउ
-
स्पेसएक्सको आईपीओबाट अपेक्षाभन्दा १० अर्ब डलर बढी रकम सङ्कलन
-
जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न प्रतिपक्षी सांसदको माग
-
परराष्ट्रमन्त्रीको चीन भ्रमण : नेपालमा अमेरिकी चहलपहल र लिपुलेकसम्मको कुरा उठ्यो
-
हर्कले उठाए विटौरीदेखि रौतहट र माइतीघरसम्मका मुद्दा
-
बेलायती प्रधानमन्त्री स्टार्मरलक्षित आगजनीमा रुसको हात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण