साफ यू–१९ महिला च्याम्पियनसिप पोखरामा हुने
मङ्गलबार, २३ मङ्सिर २०८२, १७ : ३५
पोखरा । साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल पहिलोपटक पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईले च्याम्पियनसिप आगामी माघ १५ (जनवरी २९) देखि पोखरामा हुन लागेको जानकारी दिए ।
प्रतियोगिता ९ दिनसम्म सञ्चालन हुनेछ । सोही प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मङ्गलबार पोखरा रङ्गशालाको अवलोकन गरेका थिए ।
अवलोकनपछि च्याम्पियनसिप माघ १५ गतेदेखि गर्ने निर्णयमा पुगेको एन्फा महासचिव राईले जानकारी दिए ।तर, केही पूर्वाधार आवश्यक रहेको उनले सुनाए ।
फ्लडलाइट राख्नका लागि सरकारसँग आग्रह गरिने उनको भनाइ छ । एन्फाले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण