मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सर्लाहीको गोडैताका दुई वडा बालविवाहमुक्त घोषणा

बिहीबार, २५ मङ्सिर २०८२, २१ : १५
बिहीबार, २५ मङ्सिर २०८२

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाका दुई वटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

बिहीबार गोडैता–१ बहादुरपुरलाई मधेस प्रदेशका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा र गोडैता–१२ मधुवनीलाई नगरप्रमुख देवेन्द्रकुमार यादवको प्रमुख आतिथ्यतामा बालविवाहमुक्त घोषणा गरिएको हो ।

नगरपालिकाका अनुसार दुवै वडामा पछिल्ला वर्षहरूमा बालविवाह रोकथामका लागि निरन्तर अभियान सञ्चालन गरिँदै आएको थियो । 

त्यस्तै विद्यालय तथा समुदायमा अभिभावक–बालबालिका लक्षित सचेतनामूलक कार्यक्रम,जोखिम सूचीकरण, घर–घरमा पहुँच, महिला ग्रुप र बाल क्लबहरूको सक्रियता जस्ता गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका थिए ।

गोडैता नगरपालिकाले विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गर्दै आवश्यक मापदण्ड पूरा गरेपछि दुवै वडालाई बालविवाहमुक्त घोषित गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप