भारतका पूर्वगृहमन्त्री पाटिलको ९१ वर्षको उमेरमा निधन
सारांश
- वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको ९१ वर्षको उमेरमा निधन भयो।
- पाटिलले गृहमन्त्री, लोकसभा सभामुख र पञ्जाबका राज्यपाल लगायतका महत्त्वपूर्ण पदहरू सम्हालेका थिए।
- प्रधानमन्त्री नरेन्द्र मोदी र राहुल गान्धी लगायतका नेताहरूले पाटिलप्रति दुःख व्यक्त गरे।
नयाँ दिल्ली । भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको ९१ वर्षको उमेरमा निधन भएको छ। बिरामी रहेका पाटिलले शुक्रबार बिहान करिब ६:३० बजे महाराष्ट्रको लातूरस्थित आफ्नै निवासमा अन्तिम श्वास लिएको पीटीआई समाचार एजेन्सीले परिवारलाई उद्धृत गर्दै जनाएको छ।
महाराष्ट्रका शिवराज पाटिलले आफ्नो लामो सार्वजनिक जीवनमा विभिन्न प्रतिष्ठित पदहरूमा रहेर देशको संवैधानिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी सात पटक सांसद रहिसकेका छन् र गृहमन्त्री, लोकसभाका सभामुख (अध्यक्ष), पञ्जाबका राज्यपाल तथा केन्द्रीय मन्त्री लगायतका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए। उनी सन् २००८ को मुम्बई आक्रमणको समयमा भारतका गृहमन्त्री थिए।
उनको निधनमा भारतीय राजनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शिवराज पाटिलको निधनले आफू गहिरो दुःखी भएको बताएका छन्। उनले पाटिललाई एक अनुभवी नेताको रूपमा स्मरण गर्दै सामाजिक कल्याणमा उनको योगदानको प्रशंसा गरेका छन्।
लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस नेता राहुल गान्धीले पाटिलको निधनलाई पार्टीका लागि अपूरणीय क्षति बताएका छन्। उनले सार्वजनिक सेवाप्रतिको पाटिलको समर्पणलाई सधैँ सम्झिने बताएका छन्। त्यस्तै, कांग्रेस नेतृ प्रियंका गान्धीले पनि पाटिलले रक्षा मन्त्रालयसहित धेरै महत्त्वपूर्ण विभागको जिम्मेवारी सम्हालेर दशकौँसम्म जनताको सेवा गरेको उल्लेख गरेकी छिन्।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे, महाराष्ट्र विधानसभाका अध्यक्ष राहुल नार्वेकर र अन्य वरिष्ठ नेताहरूले पनि शिवराज पाटिललाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण