हेटौँडा सडक विस्तार : सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश
सारांश
- हेटौँडा बजारको सडक विस्तारविरुद्धको मुद्दामा सर्वोच्चले मिसिल झिकाउने आदेश दिएको छ।
- विन्दवासिनी कंसकारसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेको हो।
- अदालतले आगामी पुस २ गते पेसी तोकेको छ र मुद्दाका विगतका निर्णयहरू हेरेर छलफल हुनेछ।
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्दाका मिसिल झिकाउने आदेश भएको हो ।
डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध विन्दवासिनी कंसकार समेतले १६ मङ्सिरमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्चले सुनुवाइ गर्दै उक्त मुद्दासम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश भएको हो ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा आगामी पुस २ गते पेसी तोक्दै अन्य आदेश गरेका हुन् । उक्त आदेशअनुसार आगामी पेसीमा सो मुद्दाका विगतका निर्णयहरू हरेर छलफल हुनेछ ।
रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर दायर गरेको उक्त मुद्दामा मङ्सिर १९ मा उत्प्रेषण आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण