लुम्बिनीमा कांग्रेस उम्मेदवार सिफारिस: ५ जिल्लाबाट अझै प्रदेशमा नाम पुगेन
बुटवल । आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया लुम्बिनी प्रदेशमा जारी छ।
पार्टीको निर्देशनअनुसार क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा सिफारिस पठाउने र जिल्ला कार्यसमितिले प्रदेश समितिमा पठाउने व्यवस्था छ।
लुम्बिनी प्रदेशका १२ जिल्ला कार्यसमितिमध्ये हालसम्म ७ जिल्लाबाट सिफारिस प्रदेश पार्टी कार्यालयमा आइसकेको लुम्बिनी प्रदेश सभापति अम्मर पुनले जानकारी दिए। उनका अनुसार अहिलेसम्म ७ जिल्लाबाट सिफारिस प्राप्त भइसकेको छ भने बाँकी ५ जिल्लाबाट आउने क्रममा छन्।
नेपाली कांग्रेसले मङ्सिर २६ गते साँझसम्म जिल्लाबाट प्रदेशमा सिफारिस पठाउनुपर्ने समयसीमा तोकेको थियो। तर अहिलेसम्म बर्दिया, नवलपरासी, गुल्मी, अर्घाखाँची र रुपन्देही जिल्लाबाट प्रदेश कार्यसमितिमा सिफारिस पठाउन बाँकी छ।
ती जिल्लामध्ये केहीमा क्षेत्रबाट सिफारिस आए पनि जिल्लाले प्रदेशमा पठाउने प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाइएको छ भने कतिपय जिल्लामा अझै निर्णय टुङ्गो लाग्न बाँकी छ। सभापति पुनका अनुसार क्षेत्रबाट सिफारिस आए पनि जिल्लाहरूले बुझ्ने र समन्वय गर्ने क्रममा ढिलाइ भएको हुनसक्छ, तर अधिकांश स्थानमा क्षेत्रीय समितिले सिफारिस पठाइसकेका छन्।
लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन्। अर्घाखाँची, रोल्पा र रुकुम पूर्वी जिल्लामा एक–एक निर्वाचन क्षेत्र छन्। क्षेत्रबाट आएका सिफारिस जिल्ला हुँदै प्रदेशमा पठाइनुपर्ने व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’
-
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३३ जना बनिसके मन्त्री
-
रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी
-
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
-
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान
-
अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण