सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

मङ्गलबार, ०१ पुस २०८२, ०४ : ५९
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष १ गते मंगलबारको बार, तिथि, नक्षत्र, योग र करणबारे जानकारी दिइएको छ।
  • काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय र विभिन्न बार बेलाहरूको बारेमा जानकारी दिइएको छ।
  • मेष देखि मीन राशिसम्मको राशिफल र ग्रह गोचरको प्रभावबारे संक्षिप्त जानकारी दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल पौष १ गते । मंगलबार । इस्वी सन् २०२५ डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–द्वादशी, ४४ घडी ५ पला, रातको १२ बजेर २७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–स्वाती, २१ घडी ५६ पला, दिउँसो ३ बजेर ३५ मिनेट उप्रान्त विशाखा । योग–अतिगण्ड, २१ घडी ३२ पला, दिउँसो ३ बजेर २६ मिनेट उप्रान्त सुकर्मा । करण–कौलव, बिहान ११ बजेर २७ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर २७ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ८ मिनेट । दिनमान २५घडी ५१ पला ।

आजको बार बेला ।

बिहान ६ बजेर ४९ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५० मिनेटदेखि बिहान ८ बजेर ६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ७ मिनेटदेखि बिहान ९ बजेर २४ मिनेटसम्म चर बेला ।
बिहान ९ बजेर २५ मिनेटदेखि बिहान १० बजेर ४२ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ४३ मिनेटदेखि बिहान ११ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
दिउँसो १२ बजेर ० मिनेटदेखि दिउँसो १ बजेर १७ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर १८ मिनेटदेखि दिउँसो २ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
दिउँसो २ बजेर ३५ मिनेटदेखि बेलुकी ३ बजेर ५२ मिनेटसम्म रोग बेला ।
दिउँसो ३ बजेर ५३ मिनेटदेखि बेलुकी ६ बजेर ५२ मिनेटसम्म काल बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो २ बजेर ३४ मिनेटदेखि दिउँसो ३ बजेर ५१ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ५ बजेर ५९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी उल्लेख्य नाफा कमाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । संस्कार संस्कृतिको भरपुर सदुपयोग गर्दै रमाइलो गर्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  आफन्त तथा सन्तानको साथ सहयोग नपाइने हुनाले कामहरू सुस्त गतिमा अगाडी बढ्नेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा समस्या आउनेछ भने जीवन साथीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडराई अगाडी बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शेयर बजार तथा वित्तीय बजारको कारोबारबाट नाफा कमाउन सकिनेछ ।  
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । गरगहना, खाद्यान्न, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य सुधार हुनेछ । बैक तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला, राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । सवारी साधन प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला । तर पनि परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।  

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप