लामो समयपछि दोहोरो अंकले बढ्यो सेयर बजार
काठमाडौँ । लामो समयपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १८.३७ अंकले बढेको हो । यसअघि मंसिर १२ गते सेयर बजार दोहोरो अंकले बढेको थियो ।
आजको वृद्धिसँगै परिसूचक २६१९.९९ अंकमा पुगेको छ । बजारमा आज ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा आज २५९ कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको मूल्य बढेको छ । ६१ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा समूहगत परिसूचकमध्ये ट्रेडिङ क्षेत्र बाहेक सबै बढेका छन् । सबैभन्दा धेरै वृद्धि विकास बैंकको १.५६ प्रतिशत, होटेल तथा टुरिजम १.४९ प्रतिशत तथा अन्य समूहको १.१५ प्रशितले बढ्दा बाँकी समूहका सूचक एक प्रतिशत भन्दा कमले मात्रै बढेको देखिन्छ ।
बजारमा आज स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वेचगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ ।
बजारमा आज ङादी पावर कम्पनीको १९ करोड र लुम्बिनी विकास बैंकको १० करोड रुपैयाँको कारोबार बाहेक अन्य कम्पनीको उल्लेख्य कारोबार भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण