शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्ग अनुसार, वि.सं. २०८२ साल पौष ४ गते शुक्रबार रहेको छ।
- मेषदेखि मीन राशिसम्मको राशिफलमा ग्रहगोचरको प्रभाव र विभिन्न अवसर तथा चुनौतीबारे जानकारी दिइएको छ।
- शुभकार्यका लागि लाभ बेला र अमृत बेलाको समय उपयुक्त हुने र राहुकालमा कुनै पनि शुभ कार्य नगर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष ४ गते । शुक्रबार । इस्वी सन् २०२५ डिसेम्बर १९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–औँसी, ५९ घडी ३० पला । नक्षत्र– ज्येष्ठा, ४१ घडी ५ पला, बेलुकी ११ बजेर १६ मिनेट उप्रान्त मूल । योग–शूल, २९ घडी ९ पला, बेलुकी ४ बजेर ५४ मिनेट उप्रान्त गंड । करण–चतुष्पद, बेलुकी ४ बजेर ४९ मिनेट उप्रान्त नाग । आनन्दादिमा–चर योग । चन्द्रराशि–वृश्चिक, बेलुकी ११ बजेर १६ मिनेट उप्रान्त धनु ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १० मिनेट । दिनमान २५घडी ५० पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ५१ मिनेटसम्म चर बेला ।
- बिहान ६ बजेर ५२ मिनेटदेखि बिहान ८ बजेर ८ मिनेटसम्म लाभ बेला ।
- बिहान ८ बजेर ९ मिनेटदेखि बिहान ९ बजेर २६ मिनेटसम्म अमृत बेला ।
- बिहान ९ बजेर २७ मिनेटदेखि बिहान १० बजेर ४३ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर ४४ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म शुभ बेला ।
- दिउसो १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर १८ मिनेटसम्म रोग बेला ।
- दिउसो १ बजेर १९ मिनेटदेखि दिउसो २ बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
- दिउसो २ बजेर ३७ मिनेटदेखि बेलुकी ३ बजेर ५३ मिनेटसम्म चर बेला ।
- दिउसो ३ बजेर ५४ मिनेटदेखि बेलुकी ६ बजेर ५३ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ४३ मिनेटदेखि दिउसो १२ बजेर ० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर १५ मिनेटदेखि बिहान ६ बजेर ३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । तर पनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यापार र वित्तीय क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरीको यात्रा हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सत्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई रिमोभ गर्दै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शरीर अस्वस्थ हुनाले दैनिक कामहरू गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुने भए पनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । तर पनि वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धामा सहभागी हुनु परे पनि प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरायसी कुरामा आफन्त तथा कुटुम्बसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय दिए पनि थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ । तर पनि खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना कमी कमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिनेछ । राजनीतिज्ञ तथा पत्रकारको लागी समय राम्रो रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा उद्योगमा लगानी गर्ने समय रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यातित हुनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा समय व्यातित हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम सम्पादन नहुँदा निराशा छाउनेछ । बन्द व्यापारमा मन्दी आउने तथा आर्थिक संकटको सामना गर्नु पर्नेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाब सिर्जना हुने योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण