कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ ६ तथा राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफरिस गरेको हो । आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्डभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए ।
प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्वपार्टी सभापति कमलप्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्वअध्यक्ष तथा युवा नेता लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि डा मुक्तिराम श्रेष्ठ, डा जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ र पार्टी उपसभापति बाबुराम पौडेल को नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले बताए ।
यस्तै समानुपातिकतर्फ पूर्वउपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णुप्रसाद अर्यालको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि पूर्वसांसद डा रामबहादुर विसी, पूर्वपार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्वसभापति पिताम्बर शर्मा भुसाल र कांग्रेस पूर्वकेन्द्रीय सदस्य बालकृष्ण पाण्डेको नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
-
‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार : आङ्देम्बे (सम्बोधनको मुख्य अंशसहित)
-
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
-
सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, सङ्गठन सुदृढीकरण र निर्वाचनको समीक्षा
-
मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान
-
खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण