अर्थमन्त्री डा. वाग्ले र रास्वपा सभापतिमाथि कांग्रेसले गर्यो प्रश्न
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठाएको छ ।
- कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले अर्थमन्त्री वाग्लेबारे उठेका गम्भीर प्रश्नमा सरकार किन मौन छ भनी प्रश्न गरेका छन् ।
- आङदेम्बेले रास्वपा सभापति लामिछानेले भारत भ्रमणका क्रममा सिमाना र कालापानीको विषयमा किन कुरा नगरेको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न गरेको छ ।
प्रतिनिधिसभा बैठकमा विशेष समय दिएर बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले अर्थमन्त्री डा.वाग्लेबारे गम्भीर प्रश्न उठे पनि त्यस्तो प्रश्नबारे सरकार किन मौन भन्दै प्रश्न गरेका छन् । बुधबारको बैठकमा आङ्देम्बेले भने, ‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्यो । सबै बरफ किन ?।’
रास्वपा सभापति लामिछानेलाई पनि आङदेम्बेले भारतको राजधानी दिल्लीमा हुँदा सिमानाको र कालापनीको ‘क’ उच्चारण किन गरिएन भनेर प्रश्न गरे ।
आङ्देम्बेले लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति पनि जनाए । उनले लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनुभयो । हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ।’
सत्तारुढ दलको सभापतिले गर्नुपर्ने पहल पनि लामिछानेबाट नभएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
-
कसरी हुन्छ दरबार हत्याकाण्डको अनुसन्धान ?
-
प्रधानमन्त्री छापामार शैलीमा आउने आङ्देम्बेको चिन्ता, सीमा विवादमा सत्तापक्षले लज्जित बनाएको टिप्पणी
-
संसदीय छानबिनको औचित्यमाथि प्रश्न, अर्थमन्त्रीको कानुनी प्रतिरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण