धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
शनिबार, ०५ पुस २०८२, ०८ : ४५
सारांश
- उदयपुरमा दाजुले भाइको हत्या गरेका छन्।
- ४३ वर्षीय युवराज राईले ३० वर्षीय धर्मराज राईलाई खुकुरी प्रहार गरे।
- आमालाई कुटपिट गरेको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ।
उदयपुर । उदयपुरमा गएराति धारिलो हतियार प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका १ स्थितमा वर्ष ४३ का युवराज राईले आफ्नै ३० वर्षीय भाइ धर्मराज राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा राति २ बजे मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा आफ्नै दाजुले धारिलो हतियारले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण