रवि लामिछाने आज काठमाडौँ फर्किँदै, विमानस्थलमा स्वागत गर्ने रास्वपा तयारी
शनिबार, ०५ पुस २०८२, १२ : ३३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तुलसीपुर उच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।
- रुपन्देहीबाट मुक्त भएपछि उनी चितवन पुगेका थिए र आज काठमाडौं फर्किने भएका छन्।
- रास्वपा महामन्त्रीका अनुसार लामिछाने दिउँसो १:५० को फ्लाइटबाट काठमाडौं आउनेछन्।
काठमाडौँ । तुलसीपुर उच्च अदालतको आदेशबमोजिम थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन् ।
रुपन्देहीबाट थुनामुक्त भएसँगै हिजै चितवन पुगेका लामिछाने आज काठमाडौँ फर्किन लागेका हुन् । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज १:५० को फ्लाइटबाट लामिछाने काठमाडौँ आउने जानकारी दिए ।
बुर्लाकोटीले सामाजिक सञ्जालमा भनेका छन्– 'सभापतिज्यू आज १ः५० को फ्लाइटबाट काठमाडौँ आउनुहुनेछ । करिब २ः१५ मा काठमाडौँ एयरपोर्टमा स्वागत गर्ने छौँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण