बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अप्सरा बस्नेत नियुक्त
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अप्सरा बस्नेत नियुक्त भएकी छन् ।
उनलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आइतबार बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताका रूपमा नियुक्त गरेका हुन् ।
यसअघि बस्नेतलाई प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गर्न प्रदेश प्रमुख देवकोटा समक्ष सिफारिस गरेका थिए ।
आज सूचना जारी गर्दै बस्नेतलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो ।
मुख्य न्यायाधिवक्ताको हैसियतमा बस्नेतले प्रदेश सरकारको तर्फबाट कानुनी सल्लाह प्रदान गर्ने, मुद्दा मामिलामा प्रतिनिधित्व गर्ने तथा संविधान र कानुन बमोजिमका अन्य दायित्वहरू निर्वाह गर्नेछिन् ।
मुख्य न्यायाधिवक्तामा नियुक्त बस्नेत जिल्ला बार मकवानपुरका निवर्तमान अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण