राप्रपाले पृथ्वी जयन्ती भव्य रूपले मनाउने, विभिन्न समिति गठन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले यस वर्ष पनि पृथ्वी जयन्ती भव्य रूपले मनाउने भएको छ ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु गठन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।
'हामीले ०६४ देखि पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रम र विविध कार्यक्रम गर्दै आएका छौँ, यस वर्ष पनि चियापान कार्यक्रमको आयोजना गरेका छौँ र विविध कार्यक्रम गरी मनाउँछौँ,' प्रवक्ता श्रेष्ठले भने ।
पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले मञ्च व्यवस्थापन र जलपानको व्यवस्थाका लागि पार्टी केन्द्रीय सचिवालयलाई, अतिथि सत्कार र निमन्त्रणा वितरणका लागि महामन्त्री भुवन पाठकलाई, स्वयं सेवक परिचालनका लागि पार्टीको युवा सङ्गठन र युवा मोर्चालाई, र्याली र झाँकीका लागि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लालाई एवं नेवाः झाँकीका लागि राजेन्द्र प्रजापति र नूरज बज्राचार्यलाई संयोजनको जिम्मेवारी प्रदान गरेको छ ।
यसैगरी विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने क्रममा अन्य कार्यक्रम तय गर्न उपाध्यक्ष उद्धव पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय जनकराज पाठक र उद्धवराज भेटुवाल सदस्य रहेको प्रचार समिति गठन गरेको राप्रपाले जनाएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राप्रपाले आदर्श पुरुष घोषणा गरेको छ । विभिन्न सरकारहरूले पृथ्वी जयन्तीका अवसरमा दिइने सार्वजनिक बिदा कटौती गर्ने गरेको भए पनि ०७९ को निर्वाचनपछि प्रचण्डको नेतृत्वमा राप्रपा सरकारमा जाँदा पृथ्वी जयन्तीको विषयलाई बटमलाइन बनाएको थियो ।
त्यसपछि सरकारले हरेक वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण