किशोरी बलात्कारको आरोपमा धनकुटामा एक युवा पक्राउ
सोमबार, ०७ पुस २०८२, ०६ : १४
सारांश
- धनकुटामा १९ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा २९ वर्षीय मान बहादुर राई पक्राउ परेका छन्।
- पीडित किशोरीको उजुरीपछि प्रहरीले राईलाई धनकुटाको सान्ताङबाट पक्राउ गरेको हो।
- पक्राउ परेका राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
धनकुटा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङका २९ वर्षीय मान बहादुर राई पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको हो।
राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई खोजतलास गरी पक्राउ गरिएको हो। पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले तत्काल एक्सन लिँदै आरोपीलाई सान्ताङबाटै समातेको हो।
पक्राउ परेका राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र कानुनी प्रक्रियाका लागि प्रहरीले आवश्यक प्रमाण संकलन गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
-
सम्पत्ति विवरण बुझाउने ९ हजार ६ सय पुगे, विरोध गर्नेले पनि बुझाए
-
स्ट्रेट अफ हर्मुजमा जहाज सञ्चालनमा केही समय लाग्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा 'हेर्दाहेर्दै' मा राखियो
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण