आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

टोखामा दिनदहाडै लाखौँ बराबरको चोरी

मङ्गलबार, ०८ पुस २०८२, १२ : २९
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • काठमाडौंको टोखामा एक व्यक्तिको डेरा कोठाबाट लाखौंको धनमाल चोरी भएको छ।
  • चोरले सुनका गहना र नगद गरी करिब १२ लाख बराबरको सम्पत्ति लुटेको प्रहरीले जनाएको छ।
  • प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्दै घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ सूर्यदर्शन हाइटमा एक व्यक्तिको डेरा कोठाबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भई हाल सोही स्थानमा बस्दै आएका ४५ वर्षीय भवानी थपलियाको कोठामा सोमबार बिहान चोरी भएको हो। 

कोठामा कोही नभएको मौका छोपी चोरले सुनका विभिन्न गरगहना र नगद गरी करिब १२ लाख २ हजार ५ सय रुपैयाँ बराबरको सम्पत्ति हात पारेको छ।घटनालगत्तै प्रहरीलाई खबर गरिएपछि चोरीमा संलग्न फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको छ। 

प्रहरीले घटनास्थलको प्रारम्भिक जाँच पुरा गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप