दिक्तेलमा बाँदर व्यवस्थापनका लागि ‘पाइलटिङ’ सुरु गरिने
काठमाडौँ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर व्यवस्थापनका लागि ‘पाइलटिङ’ कार्यक्रम तत्काल सुरु गरिने भएको छ ।
कृषि तथा पशु विकास मन्त्रालयमा बुधबार बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
कृषि सचिव डा. दीपकप्रसाद खरालको अध्यक्षतामा बसेको उक्त बैठकले बाँदरको समस्याबाट पीडित किसानहरूलाई राहत दिलाउन र बालीनालीको सुरक्षा गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर व्यवस्थापनका लागि ‘पाइलटिङ’ को काम तत्काल सुरु गर्ने निर्णय गरेको नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।
मेयर भट्टराईका अनुसार लामो समयदेखि स्थानीय बासिन्दा र किसानहरूका लागि मुख्य चुनौती बन्दै आएको बाँदरको समस्या समाधान गर्न मन्त्रालयले यस नगरपालिकालाई पाइलटिङ क्षेत्रका रूपमा छनोट गरेको हो ।
बाँदर व्यवस्थापनका लागि अपनाइने विधि, आवश्यक बजेट र प्राविधिक तयारीका विषयमा समेत बैठकमा छलफल भएको थियो । यसअघि मेयर भट्टराई बाँदर नियन्त्रण, बाँसको प्रवद्र्धनलगायतका विभिन्न माग राख्दै आमरण अनसनसमेत बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण